वीरगञ्जमा हैजाको प्रकोप रोकथाम गर्न खानेपानी मन्त्री यादव र स्वास्थमन्त्री पौडेलबीच छलफल

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Haija-Virus.jpg

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलबीच वीरगञ्जमा देखिएको हैजा सङ्क्रमण नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको छ ।

मन्त्री यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मन्त्री पौडेलसँग भेट गरी वीरगञ्जमा देखिएको हैजा सङ्क्रमणका सम्बन्धमा छलफल गरेको खानेपानी मन्त्रालयका सहसचिव कमलराज श्रेष्ठले बताए ।

उक्त छलफलमा वीरगञ्जका प्रभावित क्षेत्रमा कोलेरा कीट तत्काल व्यवस्था गर्ने, लक्षणको आधारमा सङ्क्रमितलाई तुरुन्त उपचार उपलब्ध गराउने, निजी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था गर्ने र आवश्यक जनशक्ति परिचालन गर्ने सहमति भएको उनले बताए । 

उनले भने, “हैजा नियन्त्रणका लागि केन्द्र र स्थानीय तहबीच समन्वय गरी आवश्यक कदम चाल्ने सहमति भएको छ । वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा र टोलमा देखापरेको हैजा सङ्क्रमण नियन्त्रण गर्न मन्त्रालयले सक्दो प्रयास गरिरहेको सहसचिव श्रेष्ठले बताए ।  

उनले भने, “वीरगञ्जमा फैलिरहेको हैजा नियन्त्रणका लागि हामी पूर्णरूपमा सक्रिय छौँ । यस कार्यमा सम्पूर्ण सरोकारवाला निकाय, नागरिक समाज र स्थानीय समुदायको सहकार्य अपरिहार्य छ ।” 


Facebook Comments