कार्बाहीको चेतावनीले डराएनन् जनार्दन, प्रचण्डको मुटुमै बिझ्नेगरी दिए काउन्टर (भिडियो समाचार)

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/janardan-sharma_T5Xx321h3o.jpg

काठमाडौं । गत साउन १६–१९ गते बसेको नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्धमा बोल्न प्रतिबन्ध लगायो । खासगरी उपमहासचिव जनार्दन शर्माले विभिन्न सार्वजनिक कार्यक्रमहरु मार्फत् अध्यक्ष प्रचण्डमाथि प्रश्नहरु बर्साउने गरेका थिए । माओवादी केन्द्रले उपमहासचिव शर्मालाई प्रचण्डका विरुद्ध अभिव्यक्ति नदिन निर्देशन नै दियो । आत्मआलोचना गर्न आग्रह गर्यो । तर उनी आत्मआलोचना गर्न तयार भएनन् । पहिले प्रचण्डले आत्मआलोचना गर्नुपर्ने अडान राखेँ । न प्रचण्डले आत्मआलोचना गरे न त जनार्दनले नै गरे । बरु परिपत्र गर्दै जनार्दनले झैँ नेतृत्वमाथि प्रश्न नउठाउन भन्दै आम पार्टी पंक्तिलाइ निर्देशन पो दिइयो ।

बैठकमा शर्मालाई र्याखर्याख्ती पारिएको थियो । उनले पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, पदाधिकारी बैठकमा उपमहासचिवका रुपमा माइन्युटमा हस्ताक्षर नगर्ने, गुटबन्दिजन्य गतिविधिहरु सञ्चालन गरिरहने जस्ता पार्टी नीति विपरित काम गरेको ठहर गरिएको थियो । बैठकले पार्टी नेतृत्वका विरुद्ध लगाइएका निराधार आरोपहरुलाई खारेज गर्दै शर्मालाई कडा आलोचनासहित भविष्यमा त्यसप्रकारका अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय गरेको भन्दै परिपत्र गरिएको थियो । त्यति मात्रै होइन पार्टीको निर्णय र स्पिीरिट विरुद्ध गतिविधि गर्ने जो कसैलाई अनुशासनको कारबाहीको दायरामा ल्याइने भन्दै चेतावनी समेत दिइएको थियो ।

केही समय मौनजस्तै बसेका जनार्दन शर्माले पुनः प्रचण्डका विरुद्धमा फायर खोलेका छन् । प्रचण्ड बाहेक पनि यो देशको राजनीति अगाडी बढ्न सक्छ । पार्टी चल्न सक्छ भनेर शर्माले ठाडो चुनौती दिएका छन् । त्यो पनि पार्टीको निर्देशन विपरित । सार्वजनिक कार्यक्रममार्फत् । उनी पार्टीले भन्यो भन्दैमा चुप लागेर बस्ने देखिएका छैनन् । प्रचण्डलाई प्रश्न गर्ने र लड्ने मनस्थितिमै देखिएका छन् ।


केही दिन अघि एक सार्वजनिक कार्यक्रममार्फत् प्रचण्डले आफुले नेपालको सम्पूर्ण राजनीति नै थेगेको भन्ने अभिव्यक्ति दिए । उनको सो अभिव्यक्ति सुन्नेजति सबै तीनछक्क परे । गत वर्षको असार ३० गते नै सरकारबाट बर्खास्तीमा परेका प्रचण्डले प्रतिपक्षमा छु भन्ने नै बिर्सिएर सत्ताकै धङधङी व्यक्त गरे । उनले भने – ‘देशको राजनीतिको खाँबो मैले छोड्दिने हो भने भत्किहाल्छ कि जस्तो लाग्छ । गल्र्यामगुर्लुम ढल्ने हो कि जस्तो लाग्छ ।’
त्यतिमा मात्रै उनी रोकिएनन् । थपे – ‘पूरै जिम्मा मेरै काँधमा भा जस्तो लाग्छ ।’
करिब ४० वर्षदेखि पार्टीको नेतृत्वमा एकछत्र राज गरेका प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्छ । पार्टी विधिले चल्नुपर्छ र पुस्तान्तरण हुनुपर्छ भनेर जनार्दन शर्माले नै कुरा उठाइरहेका छन् । आफुले छोड्दा गल्र्यामगुर्लुम ढलिहाल्ने भन्दै उनले बाचुञ्जेल अध्यक्ष पद खान खोजेको सन्देश दिए । 

त्यो कुरा जनार्दनलाई किन मन पथ्र्यो र रु उनलाई झनक्क रिस उठेको पनि हुँदो हो । आक्रोश पनि हुँदो हो । तर संयमित भएर उनले प्रचण्डलाई मुखभरीको जवाफ फर्काए । सार्वजनिक रुपमै । हुनत उनले प्रचण्डको नाम लिएका थिएनन् । प्रचण्डलाई जवाफ फर्काएको हुँ पनि भनेका थिएनन् । तर उनको जवाफ स्पष्ट थियो, यो प्रचण्डलक्षित हो भनेर ।
‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । त्यो त दन्ते कथा हो ।’ जनार्दनले भने, ‘शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्त्यकथा हो । आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यस कारणले यो पृथ्वी चल्छ, केही ढल्दैन ।’

जनार्दनले प्रचण्डको मुटुमै लाग्नेगरी जवाफ फर्काएका छन् । अब यसको जवाफ प्रचण्डले के दिन्छन् ? बोलेरै दिन्छन् कि नेतृत्वको विरुद्धमा बोलेको भनेर पत्र नै काट्छन् रु न कारबाहीको डण्डा नै पो चलाउँछन् कि ? त्यो भने हेर्न बाँकी रह्यो । तर पार्टीले निर्देशन दिएकै भरमा जनार्दन प्रचण्डविरुद्ध बोल्न छोड्दैनन् भन्नेचाहिँ प्रष्ट भयो ।


Facebook Comments