काठमाडौं महानगरपालिकाविरुद्ध कवाड व्यवसायीको आन्दोलन, बालेनले ‘गुण्डागर्दी’ गरेको आरोप

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kathmandu kawad.PNG

काठमाडौं । कवाड व्यवसायीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध आन्दोलन गरेका छन् । सोमवार कवाड व्यवसायी संघर्ष समितिले महानगरविरुद्ध प्रदर्शन गरेको हो । 

काठमाडौं महानगरले आफ्नो क्षेत्रभित्र कवाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । आज उनीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका छन् ।

उनीहरुले मेयल बालेनले गुण्डागर्दी शैलीमा आफूहरुको रोजीरोटी खोस्न कवाड संकलन र भण्डारणमा रोक लगाएको आरोप समेत लगाएका छन् । 

संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौँ महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौँ महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ । 

कवाड आन्दोलन सङ्घर्ष समितिका संयोजक रामकेवल गुप्ताले कवाड व्यवसायीहरूलाई हटाउन काठमाडौँ महानगरका मेयर बालेन साहले दुराशय साँधेको आरोप लगाए । उनले आफूहरू संवैधानिक अधिकार र सरकारको कानुनभित्र बसेर कर तिरिरहेको समेत बताएका छन् । 

उनले मेयर बालेनले आफूहरूको पेशा व्यवसाय सकाएको बताउँदै अब बालेन र महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई त्यसै नछाड्ने चेतावनी दिए । 


Facebook Comments