राज्य व्यवस्था समिति सभापति छान्न कांग्रेसलाई सकस, मंगलबार फेरि बैठक बस्ने

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/deubaa1662570540.jpg

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा राज्य व्यवस्था समिति सभापतिबारे छलफल भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा आज बसेको बैठकमा पार्टीको तर्फबाट राज्य व्यवस्था समितिको सभापति कसलाई बनाउने भन्ने विषयमा छलफल भएको हो ।

कांग्रेसको तर्फबाट राज्य व्यवस्था समितिको सभापति बनेका रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त स्थानमा सभापति कसलाई बनाउने भन्नेबारे छलफल भएको पार्टी उपसभापति धनराज गुरुङले जानकारी दिए । यस्तै, बैठकमा रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिकमा हुन लागेको उपनिर्वाचनबारे पनि छलफल भएको थियो । दुवै विषयलाई टुङ्ग्याउनका लागि भोलि बिहान पुनः बैठक बस्ने उपसभापति गुरुङले जानकारी दिए । 


Facebook Comments