नेपाली भूमिमाथि भारत र चीनको सम्झौता मान्य छैन : रास्वपा

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ad414a59b3f.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली भूभाग लिपुलेक भएर व्यापार गर्ने भारत र चीनको हालैको सम्झौतामाथि गम्भीर आपत्ति जनाएको छ ।

रास्वपाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अविभाज्य भूमि भएको र यसमाथि अन्य देशको कुनै पनि गतिविधि वा सम्झौता नेपालको सहमतिबिना मान्य नहुने स्पष्ट पारेको छ ।

पार्टीले नेपाल सरकारले यस विषयमा देखाएको ’रवैया’ प्रति पनि असन्तुष्टि व्यक्त गरेको छ । 

रास्वपाले प्रधानमन्त्रीलाई आफ्नो आसन्न भारत तथा चीन भ्रमणका क्रममा यो विषय स्पष्ट र दृढतापूर्वक प्रस्तुत गर्न माग गरेको छ ।

रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय अखण्डताको संरक्षण पार्टीको सर्वोच्च दायित्व भएको उल्लेख गर्दै यस विषयमा सरकारलाई आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको पनि जनाइएको छ ।


Facebook Comments