वीरगञ्जमा हैजा : १० नमूनाको परीक्षण गर्दा ८ जनामा संक्रमण भेट्टियो

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Haija-Virus.jpg

पर्सा । वीरगञ्जमा हैजाको आशकांंमा १० बिरामीको नमूना परीक्षण गर्दा ८ मा संक्रमण पुष्टि भएको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १० वटा नमूनामध्ये ८ वटा नमूनामा हैजाको संक्रमण पुष्टि भएको जानकारी दिए ।

“वीरगञ्जबाट हैजाका लक्षण देखापरेका बिरामीको दिसा संकलन गरेर नमूना परीक्षण गर्न प्रयोगशालामा पठाइएको थियो”, उनले भने, “प्रयोगशालामा रहेको ‘भाइटेक’ प्रविधिबाट कल्चर गर्दा १० नमूनामध्ये ८ मा संक्रमण भेट्टिएको छ ।” 

निर्देशक डा भट्टले स्थानीय अस्पतालले यसअघि नै ‘आरडिटी’ गरेर हैजा भएको पुष्टि गरे पनि थप पुष्टि गर्न नमूना परीक्षण गरिएको जानकारी दिए । “वीरगञ्जका स्थानीय अस्पतालले आरडिटी गरेर हैजा भएको त थाहा पाइसक्नुभएको थियो । कहिलेकाहीँ त्यसमा केही रिजल्ट फरक आउन सक्ने भएकाले थप पुष्टिका लागि यहाँ कल्चर गरिएको हो,” उनले भने ।  


Facebook Comments