निजामती विधेयकमा उमेर हदबारे जुटेन सहमति

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b5841c44361.jpg

काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हदबारे आज राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा कुनै निष्कर्ष हुन सकेन ।

समितिले यसअघि नै कर्मचारीको अवकाश उमेर ५८ वर्ष हुने सर्वसम्मत निर्णय गरेको थियो । तर, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सो निर्णयलाई ५९ वर्षमा कार्यान्वयन गर्ने अडान लिएपछि सहमति जुट्न नसकेको हो ।

बैठकमा मन्त्री न्यौपानेले यस विषयमा पुनर्विचार गर्न भोलिसम्मको समय माग गरेकी छिन् । माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले भने समितिले गरिसकेको निर्णयलाई उल्ट्याउन नहुने भन्दै विरोध जनाएका छन् ।

समितिकी सभापति तुलसाकुमारी दाहालले मन्त्रीको आग्रहमा थप छलफलका लागि भोलि बैठक बस्ने र विधेयकलाई पारित गर्ने जानकारी दिएकी छिन् । उनले मन्त्रालय र सांसदहरू दुवै पक्ष लचिलो नबन्दा निर्णय गर्न गाह्रो भएको बताएकी छिन् ।


Facebook Comments