जापानमा भालुको आक्रमण बढ्यो

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/japan.jpg

टोकियो । जापानमा भालुहरूको आक्रमण बढेपछि सरकारले सिकारीहरूलाई  सम्भावित क्षेत्रमा राइफल तथा बन्दुकहरु प्रयोग गर्न सजिलो हुने गरी  हात हतियारसम्बन्धी नियमहरू सहज बनाएको छ ।  

घट्दो मानव जनसङ्ख्या तथा जलवायु परिवर्तन लगायतका कारणहरू भालुको वासस्थानमा परेको प्रभावका कारण जापानको आवासीय क्षेत्रहरूमा धेरै जंगली भालुहरू देखिने गरेकोे छ ।  

यस वर्षको अप्रिलदेखि जापानमा भालुको आक्रमणबाट चार जनाको मृत्यु भएको तथा अगस्टमा होक्काइदोमा दर्जनौँ घाइते भएको जनाइएको छ । उत्तरी सहर किताकितामा रहेको अपाङ्गता संरक्षण केन्द्रमा जुलाईमा भालुले आक्रमण गरेपछि एक जना महिलालाई बेहोस अवस्थामा उद्धार गरिएको थियो । जुनमा एउटा भालु क्षेत्रीय विमानस्थलको धावनमार्गमा घुम्दै गरेको देखिएको थियो ।

कडा हतियार नियन्त्रण प्रणाली अवलम्वन गरेको जापानले भालुको आक्रमण आत्मरक्षाको लागि  सिकारीहरूलाई राइफल र बन्दुककको प्रयोगलाई प्रहरीको स्वीकृतिपछि अनुमति दिइएको छ ।

सोमबारदेखि अधिकारीहरूले बासिन्दाहरूको सुरक्षा सुनिश्चितासँगै आपतकालीन अवस्थामा सिकारीहरूलाई राइफल प्रयोग गर्ने अधिकार दिन सक्ने जनाइएको छ । सन् २०२५ मार्चसम्म जापानमा ८५ जना मानिसहरूलाई भालुले आक्रमण गरेका थियो जसमध्ये तीन जनाको मृत्यु भएको थियो ।

उक्त अवधिमा पाँच हजार १३६ भालु मारिएका थिए । मारिएका भालुको सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा नौ हजार रहेको थियो । ग्रामीण जनसङ्ख्याको ह्रास र मौसम परिवर्तनले भालुहरूको खाना र बसोबासलाई असर गर्दा धेरै जनावरहरू सहर नजिक जान बाध्य भइरहेको विज्ञहरूले जनाएका छन् ।

जापानको घट्दो जनसङ्याका कारण बाँझो जग्गामा भएको वृद्धिले पनि जङ्गली क्षेत्रहरू बढिरहेको जनाइएको छ । अधिकांश वृद्ध जनसङ्ख्याको अवस्था भएका कारण सिकारीहरूको सङ्ख्यामान कमी आएको र भालुको जनसङ्ख्यामा वृद्धि भएका कारण आक्रमण बढेको जनाइएको छ ।

पछिल्लो समयमा टोकियो क्षेत्रमा पनि धेरै भालुहरू दखा परेको रिपोर्ट गरिएको छ । गत महिना, सहरी क्षेत्रमा रहेको नदीमा माछा मार्दा एकजना व्यक्तिलाई भालुले आक्रमण गरेको बताइएको छ ।

सरकारी सञ्चार माध्याम एनएचकेका अनुसार यस वर्ष जापानमा प्राथमिक, माध्यमिक वा उच्च विद्यालयभित्र वा नजिकै कम्तीमा ३९ वटा भालु देखिएका छन् । 


Facebook Comments