प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । सांघाई सहयोग संगठन ९एससिओ० को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र पुटिनबीच आज भेटवार्ता भएको हो ।
उनीहरुबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको छ । उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ ।
Facebook Comments