सोलुखुम्बुमा थामे खोला बस्तीमा पस्दा ५ घर बगायो, ६ घरमा क्षति

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b5cc5da84ad.png
फोटो साभार: सोलु एफ.एम

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा बाढीले ५ घर बगाएको छ।  थामे खोलाले धार परिर्वतन गरेर बस्तीमा प्रवेश गर्दा ५ वटा घर पूर्णरूपमा बगाएको छ भने ६ वटा घरमा आंशिक क्षति पुगेको छ । सोमबार खुम्बु पासाङल्हामु गाउँपालिकाले विज्ञप्ति जारी गर्दै आइतबार रातिदेखिको वर्षाका कारण थामे खोला बस्तीमा प्रवेश गरेको जानकारी दिएको छ। 

बाढीका कारण बिजुलीको पोल र वितरण प्रणाली, सञ्चार सेवा लगायतका संरचना समेत अवरुद्ध भएको पालिकाले जनाएको छ।  हाल अविरल बर्षा भइरहेको कारण यसबाट हुनसक्ने क्षतिको सम्भावना कायमै रहेकाले थामे क्षेत्र लगाएत सम्पुर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरुलाइ सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।


Facebook Comments