सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख १० हजार


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ कीर्तिमान कायम गरेको छ । यस दिन सुनको भाउ प्रति तोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ हजार ५ सय रुपैयाँले बढेको हो । हिजो बिहीबार सुन प्रति तोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
एक साताको अवधिमै सुनको मूल्य करिब १० हजार रुपैयाँले वृद्धि भएको छ । गत शुक्रबार सुनको भाउ २ लाख ६ सय रुपैयाँ थियो ।
चाँदीको भाउ पनि नयाँ रेकर्ड बनाउँदै प्रति तोला १० रुपैयाँले बढेर २४ सय ९० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार चाँदी प्रति तोला २४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
Facebook Comments