समाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन प्रचण्डको चेतावनी

User Image मेयरसाप डेस्क | २२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68babe85f1711.JPG

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्डले’ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको कडा आलोचना गरेका छन् । उनले सरकारले आफूविरुद्धको आलोचना दबाउन यस्तो कदम चालेको आरोप लगाएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले फेसबुकमा लेख्दै भनेका छन्, ‘सरकारको यो कदम संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी मात्र होइन, सर्वोच्च अदालतको आदेशको अपव्याख्या पनि हो ।’ उनले यसले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गरेको बताएका छन् ।

प्रचण्डले यो निर्णयले वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनीहरूका परिवारबीचको सञ्चारलाई समेत असहज बनाएको उल्लेख गरे । उनले सरोकारवालासँग छलफल नगरी कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु आपत्तिजनक भएको भन्दै सरकारलाई तत्काल निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

यसअघि प्रचण्ड नेतृत्वकै सरकारले टिकटक बन्द गराएको थियो र सामाजिक सञ्जाल नियमन सम्बन्धी निर्देशिका, २०८० ल्याएको थियो । सोही निर्देशिकाअनुसार हालको सरकारले भदौ १९ गते २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।


Facebook Comments