पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन: सभापति देउवा

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sherbahadur-deuba.jpg

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले यस्तो बताएका हुन् । 

पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन पाउने वा नपाउने भन्ने सन्दर्भमा उनले भने, ‘वास्तवमा मलाई थाहा छैन धेरै कुराहरु, संविधानमा पाइन्छ भन्या पनि छैन, पाइन्न भनेको पनि छैन ।’

उनले संविधान संशोधनका लागि दुई तिहाई आवश्यक रहेकाले दुई तिहाइ जुटेपछि संविधान संशोधनको प्रक्रिया सुरु हुने बताए । त्यसका लागि दलहरुसँग छलफल भइरहेको उनको भनाइ छ । 

सभापति देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने समेत बताए ।


Facebook Comments