प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Cabinet-baithak-1-1024x500.jpg

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज जेनजीले गरेको प्रदर्शनका विषयमा छलफल गर्न साँझ ६ बजेपछि बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्।

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा आज जेनजीले देशभर प्रदर्शन गरेका छन् । काठमाडौंको प्रदर्शन नियन्त्रणबाहिर गएपछि प्रहरीले गोली चलाउँदा हालसम्म ८ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् ।

जेन जी पुस्ता सडकमा निस्किएपछि कांग्रेसले पनि यो निर्णय फिर्ता लिन सरकारमाथि दबाब बढाएको छ ।


Facebook Comments