भाटभटेनीबाट आइसक्रिम चोरेको आरोपमा एक शिक्षक निष्कासित


रुपन्देही । ‘जेनजी’ आन्दोलनका क्रममा बुटवलको भाटभटेनी सुपरमार्केटमा आइसक्रिम चोरेको आरोपमा बुटवलको कालिका मानवज्ञान स्कुलले आफ्ना एक शिक्षकलाई निष्कासन गरेको छ ।
विद्यालयका प्राचार्य दिनेश थापाले शिक्षक शिवशंकर शुक्लालाई अनुशासन र आचरणविपरीत काम गरेको भन्दै तत्कालै लागू हुने गरी जागिरबाट हटाएको जानकारी दिएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा भाटभटेनीमा भएको लुटपाटमा उनी संलग्न रहेको भन्दै फोटो सार्वजनिक भएको थियो । सोही आधारमा विद्यालय प्रशासनले उनलाई कारबाही गरेको हो ।
Facebook Comments