नवनियुक्त प्रधानमन्त्री कार्कीलाई चीनले दियो बधाई

काठमाडौं । चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयले आइतबार नेपालका अन्तरिम प्रधानमन्त्री कार्कीलाई बधाई दिएको हो ।
बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूले गरेको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले कार्कीलाई बधाई दिएका हुन् । उनले चीन–नेपालबीच परम्परागत मित्रता गहिरो र पुरानो सम्बन्ध रहेको समेत बताएका छन् ।
‘चीनले सधैँ नेपाली जनताले आफ्नै इच्छाअनुसार रोजेको विकास मार्गको सम्मान गरेको छ’, उनले भने, ‘चीन नेपालसँग मिलेर शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई प्रवर्द्धन गर्न तयार छ । विभिन्न क्षेत्रमा आदानप्रदान तथा सहयोगलाई अघि बढाउँदै, नेपालसँगको सम्बन्धलाई निरन्तर अगाडि बढाउन चीन इच्छुक छ।’
Facebook Comments