जेनजी आन्दोलनका क्रममा मारिएकालाई शहीद घोषणा गरिने, १०–१० लाख क्षतिपूर्ति

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c66794179c2.PNG

काठमाडौं । जेनजी आन्दोलनको क्रममा मारिएकालाई शहीद घोषणा गर्दै जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ ।  नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज सुशीला कार्कीले पदभार ग्रहण गर्दै जेनजी आन्दोलनको क्रममा मारिएकाहरूलाई शहीद घोषणा गरेर १०-१० लाख रूपैयाँ क्षतिपूर्ति दिइने पहिलो निर्णय गरेकी हुन् ।

साथै प्रधानमन्त्री कार्कीले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन निर्देशन समेत दिएकी छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अधिकांश संरचना जलाइएकाले उनले गृह मन्त्रालयको नयाँ भवनबाट कार्यभार सम्हालेकी छन् । कार्कीको स्वागतमा मुख्यसचिव एकनारायण अर्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्द कार्की, सचिवहरू, सुरक्षा प्रमुखहरू उपस्थित थिए ।

यही भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।


Facebook Comments