विद्रोह ‘जेन–जी’को सरकार ‘जेन–एक्स’को बन्यो, समस्याको समाधान हुँदैनः विप्लव

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c8c7089baef.png

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव ‘सी’ले सुशीला कार्की नेतृत्वको सरकार विद्यमान समस्याको समाधान नभएको बताएका छन् । विज्ञप्ति जारी गर्दै विप्लवले जेन–जीले गरेको विद्रोहपछि जेन–एक्सको सरकार बनेको भन्दै यो समस्याको समाधान नभएका बताएका हुन् ।

विप्लवले आफ्नो पार्टी यो सरकारको बनोटप्रति बिरोध जनाउँदै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको बताएका छन् । यो सरकारलाई राजनीतिक शक्ति र जनताले अस्वीकार गर्ने विप्लवको ठहर छ ।

‘हामीले पहिले नै स्पष्ट गरेका थियौ कि अन्तरिम सरकार आन्दोलनरत शक्ति, नागरिक समाज, संघर्षरत राजनीतिक शक्ति सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार बन्नु पर्दछ । विभिन्न क्षेत्रबाट यो सुझाब नपुगेको होइन । परन्तु यसलाई जाना–जान प्रवेश गराइएन या बेवास्ता गरियो ।,

जेन जीलाई सम्बोधन गर्दै सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘कसको दबाब या इसारामा यो गरियो विषय रहस्यपूर्ण छ । परन्तु यसमा गैर–दलीय, गैर– बामपन्थी सोचले काम गरेको देख्न सकिन्छ । यसलाई सम्पूर्ण राजनीतिक क्षेत्रबाट अस्वीकार गरिएको छ । जनताले पनि स्वीकार्ने छैनन् ।’

पुरानो राज्य प्रणालीलाई यथावत राखेर यसको निकास सम्भव नभएको भन्दै विप्लवले अगाडि भनेका छन्, ‘बर्षौदेखि भ्रष्टाचार, राष्ट्रघात, तस्करी, दलालीका विरुद्ध लडेका राजनीतिक शक्तिहरुलाई उपेक्षा गर्नु भनेको समस्यालाई निकास दिनु होइन संक्रमणकाललाई अझै लम्ब्याउनु र गिजोल्नु मात्र हो ।

हामीलाई चाहिएको सरकार र मन्त्रीमण्डल मात्र होइन अपितु राज्यको पुनःसंरचना र संविधानको पुनःलेखन पनि हो । पुरानो राज्य प्रणालीलाई यथावत राखेर यसको निकास सम्भव छैन ।’ उनले अबको विकल्प नेपाली विशेषताको समाजवाद भएको बताएका छन् । 

 


Facebook Comments