विदेशमा रहेका नेपालीले पनि भोट दिन पाउने, मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्ने प्रस्ताव

'सकेसम्म सबैलाई समेट्ने मेरो प्रयास हो’

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c7c72de2785.jpg

काठमाडौं । सरकारले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीवार निर्वाचन आयोगमा छलफल गर्दै विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्ने सर्वोच्च अदालतको आदेशलाई यसपटक सम्भव बनाउन आफू लाग्ने बताएका हुन् । 

उनले समानुपातिक निर्वाचन प्रणालीमा भए पनि मतदान गर्न पाउने अधिकारलाई सम्भव बनाउनुपर्ने बताएका छन् । गृहमन्त्री अर्यालले भने, ‘विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भए पनि मतदान गर्न पाउनैपर्छ भन्ने छ । सर्वोच्चले आदेश दिएको पनि धेरै भयो । यसलाई सम्भव बनाउनैपर्छ । सकेसम्म सबैलाई समेट्ने मेरो प्रयास हो ।’

उनले निर्वाचनमा मतपत्रमा नै नो भोटको व्यवस्था समेत मिलाउने बताएका छन् । 


Facebook Comments