आत्मालोचना गर्दै प्रचण्ड भन्छन्–हामीले गलत विचार वा नीति लिएका होइनौं तर व्यवहारमा चुक्यौँ

‘अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास शुरु भइसकेको छ’

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prachanda.jpg

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरुले गलत नीति नलिए पनि व्यवहारमा चुकेको स्वीकार गरेका छन् । 

प्रचण्डले बिहीवार भिडिओ वक्तव्य जारी गर्दै भने, ‘हामीले गलत विचार वा नीति लिएका होइनौं तर व्यवहारमा कतै चुक्यौँ।’

उनले देश र जनताविरुद्धका षड्यन्त्र नसकिएको र अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास शुरु भइसकेको समेत बताए । घोषित निर्वाचन समयमैं सम्पन्न होस् भन्ने चाहेको समेच प्रचण्डको भनाइ छ । 

उनले सरकारको नेतृत्व गर्दा कुनै राष्ट्रघाती सम्झौता नगरेको र भ्रष्टाचारविरुद्ध निरन्तर लडिरहेको दाबी गरे। जनताको अपेक्षासँग तुलना गर्दा आफूहरू कमजोर देखिएको समेत उनले स्वीकार गरेका छन् । प्रचण्डले नेतृत्व हस्तान्तरणको विषयमा पार्टीभित्र छलफल सुरु भइसकेको समेत बताएका छन् । 

संविधान र लोकतान्त्रिक गणतन्त्रप्रति कुनै पनि प्रकारको विचलन देशलाई समाधानतर्फ नभई संकटतर्फ लैजाने चेतावनी दिँदै प्रचण्डले भने, ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो। संविधान र लोकतन्त्रको रक्षा मार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नुपर्छ, यो सबै नेपालीको साझा कर्तव्य हो।’

 


Facebook Comments