यु–१७ च्याम्पियनसिप: नेपाल बंगलादेशसँग ४–० गोलले पराजित

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68cc33b0a121a.jpg

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको हो । श्रीलंकको कोलोम्बोमा आज सम्पन्न खेलमा बंगलादेशसँग नेपाल ४–० गोलअन्तरले पराजित भएको हो । बंगलादेशको जितमा सबिर इस्लाम, ओपु रहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले समान एकरएक गोल गरे । 

जितसँगै तीन अंक जोडेको बंगलादेश समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै पराजित नेपाल दुई खेलबाट तीन अंकका साथ दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले श्रीलंकालाई २–० ले पराजित गरेको थियो ।

प्रतियोगितामा विभिन्न सात राष्ट्रको सहभागिता छ । जसमा नेपाल, श्रीलंका र बंगलादेश समूह ‘ए’ मा छन् भने भारत, पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन् ।  


Facebook Comments