सिरहामा १५ वर्षीय बालकको अपहरणपछि ह-त्या
मुकेशकुमार यादव
|
एक महिना अगाडि
सिरहा । सिरहामा १५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको हो । गत आइतबार (असोज ५ गते) रातिदेखि बेपत्ता भएका सिंहको शव आज बिहान ६ बजे उनको घर नजिकैको आधारभूत विद्यालयको गेटमा फेला परेको हो ।
उनको शव आधा जलेको अवस्थामा फेला परेको छ भने शरीरमा कुटपिट गरेको डामहरु पनि रहेको छ । यसबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
अभिषेकका परिवारले रातभरी खोज्दा पनि उनलाई नभेटिएपछि अपहरणमा परेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन पनि दिएका थिए । असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनको आमाको इमो आइडीमा ५ करोड फिरौती माग गरेको लिखित सन्देश आएपछि अभिषेकको अपहरण भएको पक्का भएको थियो । फिरौती माग गरिएको इमो सन्देशमा अंक र अक्षर दुवैमा ५ करोड उल्लेख गरिएको छ ।
अपहरणकारीले हिन्दीमा पठाएको सन्देश यस्तो थियो
अभिषेकका बुबा सञ्जय सिंहको ७ वर्ष अघि करेन्ट लागेर मृत्यु भएको थियो । बुवा आमाका एक्लो सन्तान अभिषेक आफ्नी आमा, हजुरबुबा र हजुरआमासँग गोलबजारमै बस्दै आएका थिए ।
Facebook Comments