‘यमबुद्ध स्केटबोर्ड पार्क’को सपना साकार हुँदैछ : बालेन

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d4c7ec1198e.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले यमबुद्ध पार्क निर्माणाधीन गरिरहेको छ । महानगरको वडा नम्बर ५ मा बनिरहेको यो पार्कको नाम यमबुद्ध स्केटबोर्ड पार्क नामकरण गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले तीन वर्ष लामो संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुन लागेको बताएका छन् । 

आज सामाजिक सञ्जालमार्फत् उनले ६ करोड ७० लाखको लागतमा निर्माण सम्पन्न हुने पार्कका केही तस्बिरसमेत सार्वजनिक गरेका छन् । आफू मेयर बनेदेखि नै काठमाडौंलाई सबैको सहर बनाउने उद्देश्यस्वरुप यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको लक्ष्य राखेको उनले बताएका छन्। पार्कमा अन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ्ग एरिया र्याम्प्स, बोल्स र स्ट्रिट्स सहित), बालबालिकाको खेलमैदान, ओपन जिम, ट्वाइलेट ब्लक र भलिबल कोर्ट निर्माण गरिनेछ ।


 


Facebook Comments