प्रचण्ड भन्छन्– ‘म पदलोलुप होइन, तर अहिले जिम्मेवारीबाट पन्छिन्नँ’


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफू पदलोलुप नभएको स्पष्ट पार्दै राष्ट्र, पार्टी र क्रान्तिका लागि अन्तिमसम्म लडिरहने बताएका छन् ।
बिहीबार प्रज्ञा प्रतिष्ठानमा सुरु भएको पार्टीको सातौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो भनाइ राखेका हुन् ।
‘यो जिम्मेवारीबाट पन्छिने बिल्कुल सोचेको छैन, तर पदलोलुपता मेरो नेचर हैन,’ प्रचण्डले भने । उनले नेतृत्व निर्माण र हस्तान्तरणको प्रक्रियाबारे न्यूनतम समझदारी कायम गर्नुपर्नेमा जोड दिए ।
महासचिव जनार्दन शर्माले राजीनामाका लागि दबाब दिइरहेका बेला प्रचण्डले यो अभिव्यक्ति दिएका हुन् । उनले यसअघि नै केन्द्रीय समिति भंग गरी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।
आजको केन्द्रीय समिति बैठकले सोही प्रस्ताव अनुमोदन गर्दै प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने तयारी गरेको छ ।
Facebook Comments