हराएका हतियार असोजभित्र फिर्ता गर्न गृहको आग्रह, असोजपछि भेटिएमा कार्वाही हुने

हतियारबारे जानकारी दिनेलाई उचित सम्मानकाे व्यवस्था

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d5fc8645884.jpg

काठमाडौं । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा असोज मसान्तसम्म बुझाउन अनुरोध गरिएको हो ।

तोकिएको मितिभित्र हातहतियार र खरखजान बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले जनाएको छ। सो मितिपश्चात कोहीकसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कार्बाही हुने मन्त्रालयले जनाएको छ ।


Facebook Comments