रास्वपाका संस्थापक केन्द्रीय सदस्य अधिकारीले दिए राजीनामा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
शुक्रबार अधिकारीले राजीनामा दिएको सचिवालय सदस्य दीपक बोहराले पुष्टि गरेका छन् । बोहराका अनुसार, अधिकारीको राजीनामाको कारण भने खुलेको छैन ।
यसअघि, पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले पनि राजीनामा दिएकी थिइन् ।
Facebook Comments