अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू
No Author Assigned | २०८२ असोज १० गते ११:०९
काठमाडौं । अर्थ मन्त्रालयले आजदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) सुरु गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले उक्त डिजिटल प्रणालीमार्फत फाइल स्वीकृत गरी यसको औपचारिक शुभारम्भ गरेका हुन् ।
सरकारी निकायका कामहरूलाई सरल, सहज, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउने तथा ‘कागजरहित’ बनाउने सरकारको अवधारणा कार्यान्वयन गर्न यो प्रणाली सुरु गरिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले विकास गरेको यो प्रणालीको प्रयोग अब अर्थ मन्त्रालयमा अनिवार्य गरिएको छ ।
यस प्रणाली प्रयोग गरी तोक आदेश, टिप्पणी निर्णय, चिठीपत्रको दर्ता–चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापनलगायत सबै कार्यहरू अनिवार्य रूपमा विद्युतीय हस्ताक्षर सहित अनलाइन माध्यमबाट सम्पादन गरिनेछ ।
Facebook Comments