एमाले सचिवालय बैठक जारी, पछिल्लो घटनाबारे समीक्षा हुने


काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा केहीबेरअघिदेखि जारी छ ।
जेनजी युवा आन्दोलनपछि एमालेको यो पहिलो औपचारिक बैठक हो । युवा आन्दोलनले पार्टी नेतृत्वमाथि सवाल उठाइरहेका बेला यो बैठकलाई चासोका साथ हेरिएको छ ।
बैठकमा जेनजी युवा आन्दोलन, आन्दोलनमा भएको जनधनको क्षति, ओली नेतृत्वको तत्कालीन सरकारको भूमिका र पार्टीले अवलम्बन गर्ने अबको बाटो लगायतका पछिल्ला राजनीतिक घटनाक्रमबारे समीक्षा गरी आवश्यक निर्णय लिइनेछ ।
यसअघि ओलीले संविधान दिवसको दिन विज्ञप्ति जारी गर्दै आन्दोलनमा ताकीताकी गोली हान्ने आदेश नदिएको र प्रहरीले प्रयोग गर्नेबाहेकका हतियारबाट गोली चलेको दाबी गरेका थिए ।
Facebook Comments