प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा अजयभद्र खनाल नियुक्त

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d91b122e186.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना दुई महत्त्वपूर्ण सल्लाहकारहरू नियुक्त गरेकी छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अजयभद्र खनाललाई प्रधानमन्त्रीको मुख्य सल्लाहकार र गोविन्दनारायण तिमल्सिनालाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को यो निर्णयबारे सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका हुन् ।

नवनियुक्त मुख्य सल्लाहकार अजयभद्र खनालले प्रधानमन्त्री कार्कीको दैनिक कार्यसम्पादन, नीति निर्माण, प्रशासनिक समन्वय तथा सरकारको समग्र रणनीतिक दिशा निर्देशनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । 

त्यस्तै, जनसम्पर्क सल्लाहकारमा नियुक्त गोविन्दनारायण तिमल्सिनाले सरकार र आम नागरिक, सञ्चारमाध्यम तथा विभिन्न सरोकारवाला निकायबीचको सम्पर्क र सम्बन्धलाई सुदृढ बनाउने कार्यमा केन्द्रित गर्नेछन् ।


Facebook Comments