एकीकृत समाजवादीले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68da28cebf607.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अपानी (आदेश/जानकारी) मा कम्युनिष्ट पार्टीको कार्यशैलीमा सुधार गर्ने, कमीकमजोरी सच्याउने र आन्तरिक लोकतन्त्रको सुदृढीकरणलाई प्राथमिकतामा राखिएको छ ।

पार्टीले जनवादी केन्द्रियतालाई संगठनात्मक सिद्धान्त र समाजवादलाई रणनीतिक लक्ष्य मान्दै माक्र्सवाद–लेनिनवाद लाई मार्गदर्शक सिद्धान्तका रूपमा अङ्गीकार गरेको छ । पार्टीले नेपाली जनता र पूँजीपति वर्गबीचको अन्तरविरोध समाधान गर्ने तथा नवउपनिवेशवादको विरोध गर्ने नीति लिने जनाएको छ ।

समान वैचारिक दृष्टिकोण भएका वामपन्थी शक्तिहरूसँग एकताको छलफल सुरु गरेको पार्टीले हाल अशोक राई नेतृत्वको जसपा, नेकपा (माओवादी केन्द्र) र विप्लव नेतृत्वको नेकपा सँग संवाद गरिरहेको जानकारी दिएको छ ।


Facebook Comments