टी-२० श्रृंखला : मलेसियासँग ३ रनले पराजित भयो नेपाल

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68de475acdd77.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरूप मलेसियामा जारी पाँच खेलको महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको छ ।

मलेसियाको क्वालालम्पुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०४ रन को योगफल बनाएको थियो। मलेसियाका लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाइन् ।

जीतका लागि १०५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो। नेपालका लागि पूजा महतोले सर्वाधिक ३० रन जोडिन् भने सम्झना खड्काले १८ रन बनाइन् ।

यो हारसँगै नेपालले सिरिजमा १–० को पछि परेको छ । यो शृङ्खला आगामी जनवरीमा हुने टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि महत्त्वपूर्ण रहेको छ ।


Facebook Comments