विश्वकप छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा

User Image मेयरसाप डेस्क | २०८२ असोज १७ गते १७:४६
Image of https://mayorsap.com/storage/photos/10/68df7b42723db.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिअनुसार, हाल वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका छन् । तर उनलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ ।

टी–२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ । समूह चरणमा नेपालले जापान र कुवेत सँग प्रतिस्पर्धा गर्नेछ ।


Facebook Comments