१ हजारभन्दा बढी नेपाली विदेशी जेलमा, ७ जनालाई आजीवन कारावास

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68dfa2ed286e5.jpg

काठमाडौं । परराष्ट्र मन्त्रालयका अनुसार विश्वका विभिन्न देशका कारागारमा हाल एक हजार भन्दा बढी नेपाली नागरिक सजाय काटिरहेका छन् । हालै संघीय संसद् सचिवालयले प्रकाशन गरेको मन्त्रालयको जवाफमा सो संख्याको पुष्टि गरिएको छ ।

मन्त्रालयद्वारा उपलब्ध गराइएको जानकारीअनुसार, अहिले पनि कूल १ हजार १७१ जना नेपाली नागरिकहरू विदेशी जेलमा रहेका छन् । यो संख्याले नेपालीहरू विदेशमा विभिन्न अभियोगमा फसेको र कानुनी प्रक्रियामा रहेको भयावह अवस्थालाई देखाएको छ ।

विदेशी जेलमा रहेका ती नेपालीमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । बाँकीको हकमा भने उनीहरूलाई तोकिएको कैद अवधिबारे कुनै जानकारी उपलब्ध गराइएको छैन ।

यद्यपि, परराष्ट्र मन्त्रालयले विदेशी जेलमा रहेका नेपालीहरूको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन । मन्त्रालयले दिएको जवाफमा कुन देशमा कति जना नेपाली रहेका छन् र उनीहरूलाई के–कस्ता मुद्दामा आरोपित वा सजाय सुनाइएको छ भन्नेबारे कुनै तथ्याङ्क खुलाइएको छैन ।


Facebook Comments