दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालको शानदार जित

User Image मेयरसाप डेस्क | २०८२ असोज १८ गते १९:१३
Image of https://mayorsap.com/storage/photos/10/68e0ab7ea1cea.jpg

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको ५ खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा ६ विकेटको जित हासिल गरेको छ । 

यो जितसँगै शृंखला १–१ को बराबरीमा पुगेको  छ । कुआलालम्पुरस्थित वायुमास ओभलमा मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालको लागि पूजा महतोले सर्वाधिक ३९ रन बनाइन् भने कप्तान इन्दु बर्मा २७ रनमा अविजित रहिन् । शून्य रनमै २ विकेट गुमाइसकेको अवस्थाबाट पूजा र रुबी पोद्दारले ४३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ९१ रन बनाएको थियो । मलेसियाका लागि आइना हमिजाले अविजित ५० रन बनाइन् ।

नेपालकी सोमु विष्टले २ विकेट लिइन्। मलेसियाकी आयना हमिजाले २ विकेट लिइन् । पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो । शृंखलाको तेस्रो खेल आइतबार हुनेछ ।


Facebook Comments