विराटनगरबाट काठमाडौं उडेको जहाज पोखरा ‘डाइभर्ट’, ६९ यात्रु अलपत्र


पोखरा । विराटनगरबाट काठमाडौंको लागि उडेको यति एयरलाइन्सको एक जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि पोखरामा डाइभर्ट गरिएको छ ।
काठमाडौं उपत्यकाको मौसम खराब भएका कारण ६९ जना यात्रु बोकेको सो जहाजलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो ।
पोखरा विमानस्थलकी सूचना अधिकारी जशोदा रेग्मीका अनुसार, विराटनगरबाट आएको जहाज पोखरामा अवतरण भइसकेको छ र मौसम सुधार हुनासाथ काठमाडौं नै फर्किने तयारी गरिएको छ ।
रेग्मीले पोखरा विमानस्थलको मौसम सामान्य रहेको र पोखराबाट काठमाडौं र भरतपुरका लागि अन्य नियमित उडानहरू भइरहेको जानकारी दिइन् ।
Facebook Comments