अवरुद्ध बीपी राजमार्ग ३–४ दिनभित्र खुल्छ : मन्त्री घिसिङ

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e23cc7e8b5b.jpg

काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको भकुण्डेबेसी–नेपालथोक खण्ड यथाशक्य छिटो सञ्चालन गरिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री कुलमान घिसिङले आज पत्रकार सम्मेलनमा बोल्दै उक्त सडक खण्ड ३ देखि ४ दिनभित्रमा सुचारु हुने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री घिसिङका अनुसार, बीपी राजमार्ग र मेची राजमार्गलाई यथाशक्य छिटो सञ्चालनमा ल्याउन अवरोध हटाउने र डाइभर्सन बनाउने काम सुरु भइसकेको छ ।

उनले मर्मत कार्यका लागि उपकरणहरू परिचालन गरिएको बताउँदै काम सकेसम्म तोकिएको समयभन्दा छिटो पूरा गर्ने प्रयास भइरहेको जानकारी दिए ।

सडक नखुल्दासम्म यात्रुहरूलाई वैकल्पिक बाटोहरू प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।


Facebook Comments