लिची बगान प्रकरणमा दुई पूर्वमन्त्री विरुद्ध अदालत गयो अख्तियार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत पुगेको छ ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, पूर्वमन्त्रीहरू राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध मुद्दा दायरका लागि अदालतमा रुजु गर्ने काम भइरहेको छ ।
अख्तियारले आरोपितहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । जग्गा हिनामिना गर्ने योजना र घूस डिल प्रकरण मा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि अख्तियारले यो मुद्दा अघि बढाएको हो ।
Facebook Comments