कांग्रेसमा नियमित महाधिवेशन गर्नुपर्ने गगन थापाको प्रस्ताव


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीमा नियमित महाधिवेशनको प्रस्ताव राखेका छन् ।
जेनजी आन्दोलनपछि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा जानुपर्ने माग गर्दै आए पनि बिहीबार सानेपामा बसेको पदाधिकारी बैठकमा थापाले मंसिरमै नियमित महाधिवेशन गर्नेगरी अघि बढ्ने प्रस्ताव गरेका हुन् ।
बैठकबाट बाहिरिने क्रममा नेता डा. शशांक कोइरालाले महामन्त्रीको यो प्रस्तावबारे जानकारी दिएका थिए ।
महामन्त्रीद्वयको विशेष महाधिवेशनसम्बन्धी हस्ताक्षर अभियानले पार्टी फुट्नसक्ने भन्दै नेता कृष्ण सिटौलाले आजै (बिहीबार) केही नेताहरूसँग चिन्ता व्यक्त गरेका थिए ।
थापाको पछिल्लो प्रस्तावले विशेष महाधिवेशनको मागबाट यू–टर्न लिएको देखाएको छ ।
Facebook Comments