म हेपिन तयार छु, तर देशलाई हेप्न पाइँदैन : अध्यक्ष ओली

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e77a60b636d.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू व्यक्तिगत रूपमा हेपिन तयार भए पनि देशको सार्वभौमसत्ता र स्वाभिमान कसैले हेप्न नपाउने बताएका छन् ।

बिहीबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकारलाई संविधान, संसद् र लोकतन्त्रमाथि आक्रमण गर्दै उल्टो बाटोमा हिँडेको आरोप लगाए ।

उनले भने, “यदि समयमा हामीले दृढतापूर्वक उपयुक्त कदम चाल्न सकेनौँ भने पछि पछुतो मान्नु मात्रै हुनेछ । अब नेपाली जनता आन्दोलनको आँधी–तुफान सिर्जना गरेर अगाडि बढ्नुपर्छ ।”

संविधान मिच्ने र संसद् विघटन गर्ने प्रयास कुनै हालतमा सह्य नहुने भन्दै अध्यक्ष ओलीले लोकतान्त्रिक शक्तिहरूलाई एक ठाउँमा आउन आह्वान गरेका छन् ।

ओलीले विदेशी कम्पनीहरूलाई नेपालको सार्वभौमिकता र कानुनको सम्मान गर्न चेतावनी दिँदै राष्ट्रिय एकताको विपक्षमा रहेको यो सरकारको विरुद्ध राष्ट्रिय सहमति र समझदारीको आवश्यकता रहेको औंल्याए ।


Facebook Comments