सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १२ जना घाइते

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ad731e49611.jpg

काठमाडौं । सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । शारदा नगरपालिकाको भागाचौरबाट थापाचौरतर्फ जाँदै गरेको लु.प्र०२-००१ ज-००२१ नम्बरको जिप ज्वालापुरमा दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १२ जना घाइते भएका हुन् । 

जिप अनियन्त्रित भई सडकदेखि २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दुलाह शारदा नगरपालिका–९ का चेतराम गिरी र दुलही शारदा नगरपालिका–१० भागाचौरकी २० वर्षीया कमला गिरीसहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाएको प्रहरीले जनाएको छ ।

 


Facebook Comments