जापानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

User Image मेयरसाप डेस्क | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e8db6949329.jpg

काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनो को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले जापानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । यो खेलमा सहभागी दुवै टोली एक खेलअगावै सुपर–६ मा स्थान पक्का गरिसकेका छन् ।

यो खेलको विजेता टोलीले सुपर–६ चरणमा प्रवेश गर्दा २ अङ्क लिएर जानेछ । नेपालले कुवेतविरुद्ध खेलेको टोलीलाई नै निरन्तरता दिँदै जापानविरुद्धको प्लेइङ–११ मा कुनै परिवर्तन गरेको छैन ।


Facebook Comments