राष्ट्रपति पौडेलले शनिबार जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएका छन् । शनिबार बिहान ९ बजे जेनजी प्रतिनिधिहरूसँग छलफल राखिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । यो छलफलमा प्रधानमन्त्री सुशीला कार्की समेत सहभागी हुनेछिन् ।
सरकार प्रवक्ता जगदीश खरेलले जेनजीका प्रतिनिधिहरूसँगको छलफलमा सरकारको पनि सहभागिता रहने बताएका छन् । राष्ट्रपति पौडेलले आज दलका प्रतिनिधिहरू र प्रधानमन्त्री समेतलाई राखेर छलफल गरेका छन् ।
यो छलफलमा राष्ट्रपति पौडेलले दलहरूलाई चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् । आजको छलफलले दलहरू र सरकारबीचको संवादहीनतालाई पनि तोडेको छ ।
Facebook Comments