निर्वाचनमा जाने कुरामा कसैको पनि विमति छैन: मन्त्री खरेल


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलहरु निर्वाचनमा जाने कुराहरूमा कसैको पनि विमति नरहेको बताएका छन् । शुक्रबार शितल निवासमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजनीतिक दलका नेताहरुले निर्वाचनमा जानुपर्छ भन्ने कुरा आत्मसात गरेको बताएका हुन् ।
उनले भने, ‘आजको छलफलमा राजनीतिक दलका नेताहरुको तर्फबाट पनि र राजनीतिक दलहरुको तर्फबाट पनि निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति रहेन ।
निर्वाचनमा जानुपर्छ भन्ने कुरा उहाँहरुले पनि आत्मसात गर्नुभएको छ र निर्वाचनमा जाने हो भन्नु भएको छ तर त्यसमा कतिपय राजनीतिक दलहरु निर्वाचनमा जाने निर्णय गरिसकेकाले निर्वाचन स्वच्छ, निष्पक्ष, धादलीरहित वातावरणमा हुनुपर्छ भन्ने रहेको छ।’ मन्त्री खरेलले राष्ट्रपति रामचन्द्र पौडेलको आव्हानमा सरकारले भोलि नै जेनजीहरुबीच छलफल गर्ने पनि बताए ।
Facebook Comments