मुगुमा खोलाले बगाउँदा महिलाको मृ-त्यु

मुगु । मुगुको खत्याड गाउँपालिका–११ स्थित खत्याड खोलाले बगाउँदा आज महिलाको मृत्यु भएको छ । खोला तर्ने क्रममा चिप्लिएर खोलामा खसेकी डाडियामकी २२ वर्षीया बिष्णु रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अच्यूत आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार रावललाई खोलाले बगाएर एक किलोमिटर भन्दा तल पु¥याएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा उनको शव फेला पारिएको हो ।
Facebook Comments