सार्वजनिक भयो त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन
मेयरसाप डेस्क
|
२०८२ असोज २६ गते १३:४७
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । अन्तरिम सरकार बनेपछि शिक्षामन्त्री महावीर पुनले उक्त प्रतिवेदन चाँडै सार्वजनिक गर्ने बताएसँगै आइतबार सार्वजनिक भएको हो । समितिले उक्त प्रतिवेदन यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइएको थियो । तर, सार्वजनिक भने गरिएको थिएन ।
त्रिविको जग्गा अतिक्रमण भएको सूचना बाहिएर पछि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८१ जेठमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।
समितिले विश्वविद्यालय आसपास करिब एक हजार रोपनी जग्गा हराएको, अन्य ठाउँमा लगभग एक हजार रोपनी जग्गा अतिक्रमणमा परेको र ललितपुरका लुभु तथा पुल्चोकमा करिब ४ सय रोपनी जग्गा वषौदेखि भोगचलनबाहिर रहेको पत्ता लगाएको छ।
Facebook Comments