सेयर बजारमा उछाल, ४४ अंकले बढ्याे नेप्से
मेयरसाप डेस्क
|
२०८२ असोज २७ गते २१:५७
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा भारी सुधार देखिएको छ । नेप्से परिसूचक ४४.२५ अंक बढेर २५४७ विन्दुमा कायम भएको छ । कारोबार खुल्दा केही उतारचढाव देखिए पनि बजारले दिउँसो साढे १२ बजेपछि वृद्धिको लय लिएको थियो ।
समग्र बजार बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ७० करोडको कारोबार भएकोमा आज ४ अर्ब ९७ करोड रुपैयाँ बराबरको मात्र कारोबार भयो ।
यस दिन सबै समूहगत सूचकहरू बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ५.०१ प्रतिशत ले बढ्यो। होटल तथा पर्यटन समूह ३.३५, हाइड्रोपावर २.१० र लगानी समूह २.२७ प्रतिशतले बढे ।
नेपाल माइक्रोइन्स्योरेन्स, नेपाल पुनर्बीमा र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढ्यो । बजारमा २०० कम्पनीको मूल्य बढ्यो भने ४४ को घट्यो र ८ कम्पनीको स्थिर रह्यो ।
Facebook Comments