यो सरकार डलरमा आएको हो, धेरै दिन टिक्दैन : दुर्गा प्रसाईं


काठमाडौं । ’राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकार कुनै पनि हालतमा नटिक्ने दाबी गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशमा राजाको आवश्यकता अपरिहार्य रहेको बताएका हुन् ।
प्रसाईंले सुशीला कार्की नेतृत्वको सरकारलाई लक्षित गर्दै भने, ‘यो सरकार टिक्दै टिक्दैन, यो डलरमा आएको हो ।’ साथै उनले आफ्नो आन्दोलन कसैले रोक्न नसक्ने दाबी गरे ।
उनले वर्तमान संविधानले देशलाई केही नदिएको आरोप लगाउँदै “राजा भनेको सबैलाई जोडेर राख्ने हो“ भन्ने धारणा राखे । प्रसाईंले अब नागरिकहरू पूर्वराजा ज्ञानेन्द्र शाह निवास निर्मल निवास पुग्ने दिन आउँदै गरेको दाबी पनि गरे ।
उनले आफ्नो अभियान हिन्दु राष्ट्र स्थापनाका लागि भएको बताउँदै त्यसका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको अडान लिए । उनले भने, “यो देशमा हिन्दु राष्ट्र, गर्दन जाओस्, कायम गराएर छाड्छु ।”
Facebook Comments