मओवादीमा ‘जेनजी रेड फोर्स’ गठन, भ्रष्टाचारीलाई कारबाही गर्ने घोषणा


काठमाडौं । नेकपा माओवादी केन्द्र निकट युवाहरूले ‘जेन–जी रेड फोर्स’ गठन गरेका छन् । अनेरास्ववियु (क्रान्तिकारी) की केन्द्रीय सदस्य स्मृति तिमिल्सिनाको संयोजकत्वमा यो फोर्स गठन भएको हो ।
संयोजक तिमिल्सिनाका अनुसार, देश साम्राज्यवादी र प्रतिक्रियावादीको रणभूमि बन्ने खतरा बढेकाले पार्टीलाई रूपान्तरण गरी चार÷पाँच वर्षमा माओवादीलाई नम्बर एक पार्टी बनाउन फोर्स गठन गरिएको हो ।
यसको नेतृत्व १४ देखि २९ वर्ष उमेर समूहले गर्ने भए पनि ९५ प्रतिशत तल्ला तहका कार्यकर्ताको मतअनुसार आगामी पाँच वर्षका लागि प्रचण्ड नै पार्टी अध्यक्ष हुनुपर्ने उनको भनाइ छ ।
तिमिल्सिनाले गुटबन्दी अन्त्य गर्ने र माओवादीभित्र कोही भ्रष्टाचारी भेटिए ’भौतिक कारबाही’ गर्ने चेतावनी दिइन् । फोर्सले सुरुमा जनयुद्धमा होमिएर पार्टी त्यागेका पूर्वजनमुक्ति सेना र अग्रजहरूलाई घर फर्काउन पहल गर्ने लक्ष्य राखेको छ ।
जेन–जी रेड फोर्सलाई पार्टी नेतृत्वबाट मान्यता प्राप्त भएको र यो अध्यक्षको मातहतमा रहने उनले स्पष्ट पारेकी छन् ।
Facebook Comments