ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन : संयोजक दाहाल

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ef7fcb9d443.jpg

धादिङ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले नेकपा एमालेसँगको सम्भावित एकता र पार्टीको आगामी कार्यदिशाबारे स्पष्ट धारणा राखेका छन् ।

धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा नेता–कार्यकर्तासँग कुरा गर्दै उनले भने, ‘केपी ओलीको नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ ।’

‘अबको माओवादीको लाइन भनेको चुनाव हो’ भन्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाइने उनी बताउँछन् । उनले तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

संयोजक प्रचण्डले युवा पुस्ता (जेनजी) सँग पनि छलफल भइरहेको र उनीहरूले ’माओवादी सहि रहेछ भन्ने बुझ्न थालेको’ दाबी गरेका छन् ।


Facebook Comments