जेनजीको नाममा सरकारी कर्मचारी धम्क्याउँदै हिँडने अर्जुन शाही पक्राउ

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68efba1e08ad9.jpg

काठमाडौं । जेनजी भन्दै विभिन्न सरकारी कार्यालय गएर कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ परेका छन् । उनलाई कोटेश्वरबाट बुधबार साँझ साढे ७ बजे पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । 

केहीदिन अघिमात्र उनले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई धम्क्याउँदै राजीनामा मागेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो । यस्तै उनले अख्तियार दुरुपयोग अनुसन्धान अयोग, नेपाल वायुसेवा निगममा पनि ज्ञापन पत्र बुझाएका थिए ।

उनी प्रधानमन्त्री सुशीला कार्कीको शपथको क्रममा सुधन गुरुङसँगै जेनजीको सहसंयोजक बनेर शीतल निवास छिरेका थिए ।  अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाही बैंकिङ कसुर, वैदेशिक रोजगारी ठगीलगायतका विभिन्न आपराधिक कसुरमा फरार थिए । उनीविरुद्ध प्रहरीका विभिन्न कार्यालयमा यसअघि पनि उजुरी परेको अभिलेखमा भेटिएको छ। 


Facebook Comments